+
+

२०२८ को ओलम्पिकमा क्रिकेट पनि समावेश हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २६ गते १७:५०

२६ असोज, काठमाडौं । सन् २०२८ मा अमेरिकामा हुने एलए ओलम्पिकमा क्रिकेट समावेश हुने भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) को कार्यकारी बोर्डले शसक्रबार मुम्बईमा क्रिकेटसहित पाँच खेल २०२८ को ओलम्पिकमा समावेश गर्ने आयोजकको प्रस्ताव स्वीकृत गरेको हो ।

एलए ओल्मपिकको आयोजकले क्रिकेटसहित फ्ल्याट फुटबल, लाक्रोस, स्क्वास र बेसबल/सफ्टबल समावेश गर्न प्रस्ताव गरेको थियो ।हरेक संस्करणमा आयोजक शहरले केही खेल प्रस्ताव गर्न पाउने नियम छ ।

‘आईओसी कार्यकारी बोर्डले यी प्रस्ताव प्याकजमा स्वीकृ्त गरेको हो ।’ आईओसी अध्यक्ष थोमस बाकले शुक्रबार कार्यकारश्र बोर्ड बैठकपछि पत्रकारसम्मेलनमा भने ।

यसअघि क्रिकेट १९०० को ओलम्पिकमा मात्र समावेश थियो र १२८ वर्षपछि क्रिकेटले फेरि ओलम्पिकमा प्रवेश पाउने भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?