+
+

रुपन्देही उद्योग संघको अध्यक्षमा सापकोटा सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते १९:२६

२७ असोज, बुटवल । रुपन्देही उद्योग संघको अध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेस निकट उद्योगीहरुको संयुुक्त प्यानलबाट दिलिप सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

संघको २३ औं अधिवेशन अन्तर्गत शनिबार मनोनयन दर्ता गराउने क्रममा उनको मात्र उम्मेदवारी परेपछि एमाले निकट सापकोटा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सापकोटा सहित पदाधिकारी र सदस्य गरी १४ जना निर्विरोध निर्वाचित भएका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जीवकान्त काफ्ले, महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मञ्जु भुसाल निर्वाचित भएका छन् । काफ्ले र भुसाल कांग्रेस निकट हुन् भने बाँकी एमाले निकट हुन् ।

यस्तै एशोसिएट सदस्यमा प्रज्ज्वल थान्जु, आजीवन सदस्यमा माधवप्रसाद नेपाल, संस्थागत सदस्यमा गोविन्दप्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल, बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे, तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउँपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन प्रमुख यमलाल खनालले जानकारी दिए ।

द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री र माया खनाल, कोषाध्यक्षमा युवराज आचार्य र सुरेन्द्र ज्ञवाली, सचिवमा सुमन बस्याल र कमल ज्ञवाली, सहकोषाध्यक्षमा विशाल बेल्बासे र प्रेमबहादुर आलेबीच चुनाव हुने भएको छ । यस्तै २ महिला सदस्यमा मीना थापा तुलाधर, शारदा भट्टराई र शारदा पहारीको उम्मेदवारी परेको छ । खत्री, आचार्य र बस्याल एमाले निकट हुन् भने बाँकी माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी निकट उद्योगीको प्यानलका हुन् ।

यस्तै ८ जना खुल्ला सदस्यमा १५ जनाको उम्मेदवारी परेको छ । जसमा एमाले र कांग्रेस निकट उद्योगीहरुको प्यानलबाट ८ जना र माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी निकट उद्योगीको प्यानलबाट ५ जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?