+
+

एमालेको रुपन्देही अधिवेशन आगामी जेठ १६ देखि

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १९:०७

१५ चैत, बुटवल । नेकपा एमालेको रुपन्देही जिल्ला कमिटीको अधिवेशन जेठ १६ र १७ गते हुने भएको छ ।

प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष लगायतका नेताहरुको उपस्थितिमा बिहीबार बुटवलमा बसेको जिल्ला कमिटीको दशौं पूर्ण वैठकले अधिवेशनको मिति तोको हो ।

बैठकले चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने निर्णय पनि गरेको उपसचिव हितराज पन्थीले जानकारी दिए । सदस्यता नवीकरण नगर्नेले उम्मेदवार हुन र प्रतिनिधि हुन नपाउने पन्थीले बताए ।

रुपन्देहीमा एमालेका १६ हजार ८८ जना पार्टी सदस्य छन् । यो संख्याबाट करिब ८ सय हाराहारी प्रतिनिधि चयन भई अधिवेशनमा सहभागी हुनेछन् ।

जेठ पहिलो हप्ता प्रतिनिधि छनोट भइसक्नेछन् । अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति तथा पदाधिकारीहरुको संयोजकत्वमा अन्य विभिन्न उपसमतिहरु गठन भएका छन् ।

यस्तै जिल्ला सचिवको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन कमिटी गठन भएको छ । जसमा २ जना उपसचिव, ५ जना क्षेत्रीय संयोजक गरी ८ जना रहने छन् ।

अधिवेशनमा नेतृत्व चयनमा सहमतिको अधिकतम प्रयास हुने तर हुन नसके नलम्ब्याई तरुन्त निर्वाचनमा जानुपर्नेमा नेताहरुबीच समझदारी बनेको एक जिल्ला पदाधिकारीले बताए । रुपन्देहीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट छ ।

अधिवेशनमा सहमतिबाट नेतृत्व चयनको सम्भावना कमजोर रहेकाले दुई पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?