+
+

जितेन्द्र रसिकको ‘सत्यको खोज’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १५:१३

काठमाडौं । साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्मय शताब्दी पुरूष ‘सत्यमोहन जोशी’को जीवनी ‘सत्यको खोज’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि दुर्गालाल श्रेष्ठले पुस्तक लोकार्पण गरे ।

कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीका बारेमा जति लेखे पनि कहिल्यै नसिकने बताए । जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यस युगकै कहिल्यै नभिभ्ने ज्योति भएको उनको भनाइ थियो ।

रसिकका यसअघि लज्जावती उपन्यास, काफिया गजल संग्रह र हृदयस्पर्शी छालहरू, त्यसैगरी अलकापुरी भक्तपुर, सर्वरत्न, तारापुञ्ज, पब्लिक स्पिकिङ, बेलबहादुरको बिहे, एलियनको पृथ्वीभ्रमण, गुलेली, एङ्ग्री बर्ड, हावा फल्ने रूख लगायत १४ कृति प्रकाशित छन् ।

कार्यक्रममा समीक्षक गोपीकृष्ण ढुंगानाले ‘सत्यको खोज’ सत्यमोहन जोशीको गहिराइमा पसेर लेखिएको महत्वपूर्ण दस्तावेज भएको धारणा राखे । यो एक गहिरो अनुसन्धानात्मक कृति भएको उनले बताए ।

सोही कार्यक्रममा  आर मानन्धरद्वारा लिखित कवि दुर्गालाल श्रेष्ठको जीवनी ‘कवि-कविताको छवि दुर्गालाल श्रेष्ठ’ र कमलप्रसाद मल्लको ‘क्लासिकल नेवार लिट्रेचर’ पनि विमोचन गरिएको थियो ।

तीनवटै पुस्तक एजुकेसनल पब्लिसिङ हाउसले प्रकाशन गरेको हो । ‘सत्यको खोज’को मूल्य ५५५ रुपैयाँ, ‘कवि-कविताको छवि दुर्गालाल श्रेष्ठ’को मूल्य  ४९५ रुपैयाँ र ‘क्लासिकल नेवार लिट्रेचर’को मूल्य ६०० रुपैयाँ तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?