+
+

कतारी शेख जसिम म्यानचेष्टर युनाइटेड किन्ने प्रक्रियाबाट पछि हटे

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २८ गते १९:३७

२८ असोज, काठमाडौं । कतारी बैंकर शेख जसिम बिन हमाद अल थानी प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड किन्ने प्रक्रियाको दौडबाट पछि हटेका छन् ।

बेलायती मिडिया बीबीसीका अनुसार शेख क्लब किन्ने दौडबाट बाहिरिएका हुन् ।

शेख जसिमले क्लब किन्का लागि ५ बिलियन पाउण्ड बिड गरेका थिए । तर यही साता भएको पछिल्ला चरणको छलफल सकारात्मक हुन सकेन । जसका कारण शेख पछि हटेको बीबीसीले जनाएको छ ।

हालको मालिक ग्लेजर परिवारले सन् २००५ मा ७९० मिलियन पाउण्डमा युनाइटेड खरिद गरेको थियो । उसले २०२२ नोभेम्बरमा क्लब बेच्ने घोषणा गरेको थियो ।

उक्त घोषणा पछि कतारी बैंकर शेख जसिम बाहेक बेलायती व्यापारी सर जिम रेटक्लिफको इनियोस समूह युनाइटेड किन्ने मुख्य व्यापारीको रुपमा देखिएका थिए ।

तर रेटक्लिफले पूरै क्लब नभएर केही सेयर मात्र किन्ने प्रस्ताव गरेको स्रोतले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

गत वर्ष ग्लेजर परिवारले युनाइटेडलाई बेच्ने विचार गरिरहेको घोषणा गरेपछि क्लब किन्न चासो दिनेहरुको चलेको भए पनि शेख जसिम र इनियोसबाट मात्र प्रस्ताव आएको थियो ।

पछिल्लो समय युनाइटेडको खराब प्रदर्शनले गर्दा पनि क्लब किन्न चाहनेहरुको टाढिएको हुन सक्ने सम्भावना छ ।

युनाइटेडका समर्थकहरुले हालका मालिक ग्लेजर परिवार विरुद्ध घरेलु मैदान ओल्ड ट्राफोर्ड भित्र र बाहिर प्रदर्शन गर्दै आएका छन् ।

यस सिजन लिगमा १८ खेल खेल्दा युनाइटेड ४ जित ४ हारको नतिजाहसित १०औं स्थानमा छ । यस्तै च्याम्पियन्स लिगको सुरुवाती दुई खेलमा युनाइटेड पराजित भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?