+
+

च्याम्पियन्स लिगमा देखिएको नयाँ नाम रुनी बर्दजी

ईएसपीएनबाट ईएसपीएनबाट
२०८० कात्तिक २३ गते १४:५२

२३ कात्तिक, काठमाडौं । पार्केन स्टेडियम कोपनहेगनको म्यानचेस्टर युनाइटेड स्ट्यान्डमा रुनी रुनी भन्ने आवाज गुन्जयमान भयो । यो कुनै सपनाको रंगमञ्च थिएन । यो नाइटमेयरको रंगमन्च थियो ।

एफसी कोपनहेगनका मिडफिल्डर १७ वर्षीय रुनी बर्दजीले च्याम्पियन्स लिगको खेलमा म्यानचेस्टर युनाइटेडविरुद्ध गोल गर्दै आफ्नो टिमलाई जिताएका थिए ।

खेलको ८७ औं मिनेटमा गोल गर्दै रुनीले एफसी कोपनहेगनलाई ४–३ को जित दिलाएका थिए ।

१८ औं जन्मदिन मनाउनु ६ दिनअघिको साँझ कोपनहेगनलाई उनले सुनौलो उपहार दिएका थिए । त्यो उनको लागि विश्व फुटबलमा आफूलाई चिनाउने माध्यम बनेको थियो ।

खेल सुरु भएको २८ मिनेट भित्रमै पाहुना टिम म्याचेस्टर युनाइटेडले २–० को अग्रता बनाएको थियो ।

४२औं मिनेटमा मार्कस रासफोर्ड रातो कार्ड खाँदै मैदान बाहिरिएपछि युनाइटेड १० जनामा सिमित भएको थियो ।

त्यसपछि केही लय गुमाएको युनाइटेडले पहिलो हाफ सकिनै लाग्दा र पहिलो हाफकै इन्जुरी समयमा २ गोल फर्काएर खेल बराबरी गरेको थियो ।

४५औं मिनेटमा एन्करसनको क्रसमा डियोगो गोन्कालभेसले दिएको पासमा मोहम्मद एल्युनुसीले गोल गर्दै युनाइटेडले अग्रता एक गोलमा झारेका थिए ।

१३ मिनेट थपिएको इन्जुरी समय सकिन ४ मिनेट बाँकी हुँदा डियगोले पेनाल्टीमा बराबरी गोल गरे । ह्यारी मग्वायरले बल हातले छोएपछि कोपनहेगनले पेनाल्टी मार्फत बराबरी गर्ने मौका पाएको थियो ।

दोस्रो हाफमा युनाइटेडले पुनः अग्रता लिने सुनौलो अवसर पायो । ६८औं मिनेटमा कोपनहेगनका लेरागरले बक्समा ह्यान्ड गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै १० जनामा सिमित युनाइटेडलाई अग्रता दिलाए ।

८३औं मिनेटमा पेनाल्टी दिएका लेरागरले पुनः बराबरी गोल गर्दै खेललाई ३–३ को स्थितिमा ल्याए ।

८७औं मिनेटमा कोपनहेगनले खेलमा पहिलो पटक अग्रता लियो । रुनीले भलीमार्फत गोल गर्दै रोमाञ्चक खेलमा आफ्नो टोलीलाई जित दिलाए ।

कुवेतमा जन्मिएका उनी च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडविरुद्ध गोल गर्ने कोपनहेगनका सबैभन्दा कान्छा खेलाडी बने ।

पार्कन भित्रका मान्छेहरु र नयाँ प्रतिभाको खोजी गरिरहेकाहरुलाई उनले निराश बनाएनन् । उनले एक प्रतिभावना खेलाडीको रुपमा च्याम्पियन्स लिगमा आफ्नो छाप बनाएका छन् ।

उनलाई धेरैले स्वीडिस मेस्सीको नाम दिएका छन् । ६३ औं मिनेटमा मैदान प्रवेश गरेपछि उनको फुटबल कौशलले सबैको ध्यान तानेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?