+
+

लोनमा डर्टमन्ड फर्किए साञ्चेज

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते १७:२४

२७ पुस, काठमाडौं । म्यानचेस्टर युनाइटेडका विंगर जाडोन साञ्चो लोनमा पुरानो क्लब बोरुसिया डर्टमन्ड फर्किएका छन् ।

२३ वर्षिय उनले २०२१ जुलाईमा जर्मन क्लब डर्टमन्डबाट ७३ मिलियन पाउन्डमा ओल्ड ट्राफोर्ड गएका थिए ।

म्यानचेस्टर युनाइटेडका म्यानेजर एरिक टेन हागसँग विवादका कारण उनले क्लब छोडेका हुन् । क्लबको अभ्यासका क्रममा उनीहरुबीच भएको विवादपछि उनले क्लब छोडेका हुन् ।

उनी लोनमा डर्टमन्ड फर्किन पाउँदा निकै खुसी छन् । उनी भन्छन्, ‘मलाइ मेरो घर फर्किएको अनुभव भएको छ ।’

डर्टमन्ड फर्किएर च्याम्पियनस लिगको लागि क्वालिफाइ गर्न आफू निकै आतुर रहेको उनले बताएका छन् । ‘म आफ्नो टिमका साथीहरुसँग भेट्न र उनीहरुसँगै मैदानमा खेल्न, गोल असिस्ट तथा गोल गर्न र च्याम्पियन्स लिगमा क्लालिफाई गर्न निकै आतुर छु ।’

उनी लोनमा आए पनि उनको लागि डर्टमन्डले ३.५ मिलियन युरो (३ मिलियन पाउन्ड) बराबरको भुक्तानी गर्ने छ ।

साञ्चेजले यसअघि २०१७ मा बुन्डेसलिगा क्लबसँग ४ सिजन बिताएका थिए । जहाँ उनले १३७ खेलमा ५० गोल गरेका थिए । ओल्ड ट्रार्फोडमा भने उनले ८२ खेलमा १२ गोलमात्रै गरे । हाल डर्टमन्ड बुन्डेस लिगामा पाँचौं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?