+
+

दशैंका लागि काठमाडौंमा व्यापारीले ल्याउन थाले च्याङ्ग्रा (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० असोज २९ गते १९:१८

२९ असोज, काठमाडौं । हिन्दुहरुको ठूलो पर्व दशैं सुरु भइसकेको छ । दशैंमा हिन्दुहरुले देवी दुर्गालाई बली चढाउने गर्छन्, त्यसैले दशैं मासु खाने पर्व हो ।

दशैंका लागि हिन्दु धर्मावलम्बीले खसी, बोका,च्याङ्ग्रा आदि खरिद गर्छन् । त्यसैले दशैंमा खसीबोकाको ठूलो कारोबार हुन्छ ।

काठमाडौं उपत्यकामा व्यापारीहरुले खसीबोका र च्याङ्ग्रा बिक्रीका लागि ल्याउन थालेका छन् । सोमबार भक्तपुरको सल्लाघारीमा व्यापारीहरुको दुई समूहले च्याङ्ग्रा ल्याएको छ । व्यापारीहरुका अनुसार यी च्याङ्ग्रा चीनको तिब्बत र मनाङबाट ल्याइएको हो ।

यो च्याङ्ग्रालाई व्यापारीले जिउँदोमा नै १३५० रुपैयाँमा बिक्री गर्ने बताएका छन् । हिमाली क्षेत्रमा पालिने च्याङ्ग्राको मासु खसीबोकाको भन्दा मिठो र पोषिलो हुन्छ भन्ने विश्वास छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?