+
+

१२८ वर्षपछि ओलम्पिकमा क्रिकेट हुने पक्का, २०२८ को ओलम्पिकमा पाँच खेल थपियो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २९ गते १६:१७

२९ असोज, काठमाडौं । १२८ वर्षपछि ओलम्पिकमा क्रिकेट खेल समावेश हुने भएको छ ।

सन् २०२८ मा अमेरिकाको लस एञ्जल्समा ओलम्पिमा क्रिकेट समावेश हुने पक्का भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले क्रिकेटसहित पाँच खेललाई २०२८ को ओलम्पिकमा समावेश गराउने निर्णय गरेको छ ।

आइओसीको मुम्बईमा भएको १४१औं सेसनले क्रिकेटसहित पाँच खेललाई ओलम्पिकमा समावेश गराउने प्रस्तावलाई अनुमोदन गरेको हो ।

यसअघि २००२८ को ओलम्पिक आयोजक समितिले क्रिकेटसहित पाँच खेललाई ओलम्पिकमा सहभागी गराउने प्याकेजमा प्रस्ताव गरेको थियो । जसलाई आइओसीको कार्यकारी बोर्डले समर्थन गरेको थियो ।
क्रिकेटसँगै बेसबल एण्ड सफ्टबल र लाक्रोसले ओलम्पिकमा पुनरागमन गरेको छ भने फ्ल्याग फुटबल र स्क्वासले लस एञ्जल्स ओलम्पिकबाटै डेब्यु गर्नेछ ।

क्रिकेट यसअघि सन् १९०० मा ओलम्पिकमा समावेश थियो । बेसबल र सफ्टबल २०२० को टोकियो ओलम्पिकमा समावेश थियो । यस्तै लाक्रोस १९०२ र १९०८ को ओलम्पिकमा समावेश थियो ।

आइओसीका अध्यक्ष थोमस बाकले पाँच नयाँ खेल अमेरिकन खेल संस्कृतिसँग जोडिएको र यसले अमेरिकन स्पोर्ट्सलाई विश्वमा देखाउने बताए । यी खेलले लस एञ्जल्स ओलम्पिकलाई विशेष बनाउने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?