+
+

के ट्वाइलेट सिटभन्दा पनि फोहोर हुन्छ मोबाइल फोन ? यस्तो छ वास्तविकता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १०:०९

स्मार्टफोनको आदत तथा यसको आवश्यकताको कुरा सबैलाई जगजाहेर छ । दुनियाँमा स्मार्टफोन प्रयोग नगर्ने मानिस कमै छन् । तर, सायद तपाईंलाई थाहा नहुन सक्छ कि मोबाइल फोनको डिस्प्ले ट्वाइलेट सिटभन्दा पनि निकै फोहोर हुनसक्छ । एक अध्ययनले यस्तो तथ्यको खुलासा गरेको हो ।

NordVPN ले गरेको एक अनुसन्धान अनुसार हरेक १० मा ६ जना मानिस र खासगरी युवाअवस्थाका प्रयोगकर्ताहरुले ट्वाइलेटमा स्मार्टफोन लिएर जान्छन् ।

शोधमा सहभागी गराइएका ६१.६ प्रतिशत मानिसले ट्वाइलेटमा रहँदा फेसबुक, एक्स तथा इन्स्टाग्राम जस्ता सोसल मिडिया प्रयोग गर्ने गरेको बताएका छन् ।

त्यस्तै ३३.९ प्रतिशतले चाहिं ट्वाइलेटमा रहेको बेला फोनमा समसामयिक विषय आदि हेर्ने गरेको बताएका छन् भने २४.५ प्रतिशतले चाहिं ट्वाइलेटमै बसेको बेला विशेष साथीसँग कुराकानी गर्ने बताउँछन् ।

खतरनाक हुनसक्छ यस्तो आदत

शोधकर्ताहरुका अनुसार यो आनीबानी निकै खतरनाक साबित हुनसक्छ र यसले प्रयोगकर्ताको स्वास्थ्यमा पनि गम्भीर असर पुर्‍याउने जोखिम हुन्छ ।

याहुलाइफ युकेसँग कुराकानी गर्दै संक्रमण नियन्त्रण विज्ञ डाक्टर हुघ हेडेनले स्मार्टफोनमा ट्वाइलेट सिटको तुलनामा १० गुणा धेरै ब्याक्टेरिया हुने बताउँछन् ।

रिपोर्ट अनुसार स्मार्टफोनकेा डिस्प्लेमा ब्याक्टेरिया २८ दिनसम्म जिवित रहन्छन् । यस्तो फोहोर स्मार्टफोनले प्रयोगकर्तालाई खतरनाक रोगबाट संक्रमित गराउन सक्दछ ।

विश्वका धेरै मानिसहरुले खाना खाने क्रममा समेत स्मार्टफोन प्रयोग गर्दछन् । यस्तोमा यदि तपाईंको फोनको डिस्प्ले ब्याक्टेरियायुक्त भयो भने ती ब्याक्टेरियाहरु मानिसको पेटसम्म पुग्ने जोखिम हुन्छ र त्यसबाट मानिस बिरामी हुनसक्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?