+
+

शिक्षाका लागि विदेशिने रकम दोब्बरले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १४:४२

३० असोज, काठमाडौं । शिक्षाका लागि नेपालबाट विदेशिने रकम दोब्बरले बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा शिक्षाका लागि मात्र २३ अर्ब ३३ करोड रुपैयाँ विदेशिएको छ ।

यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो वर्ष शिक्षाका लागि भदौंसम्म १२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको थियो । शिक्षामा ठूलो रकम विदेशिएका कारण नेपालको सेवा आय घाटामा रहेको छ ।

अर्थात नेपालमा पर्यटकले गर्ने खर्च भन्दा नेपालबाट विदेश जाने नेपालीको खर्च ज्यादै धेरै देखिन्छ । यसो हुनुमा शिक्षामा नेपालीले लैजाने रकम धेरै माथि हुनु हो ।

तथ्यांक अनुसार भदौसम्म खुद सेवा आय २५ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष सेवा आय १९ अर्ब २६ करोड रुपैयाँ मात्र घाटामा थियो ।

यस वर्ष भ्रमण आय दुई महिनामा ९ अर्ब ३४ करोड रुपैयाँ मात्र छ । यो गत आवको यसै महिनाको तुलनामा ५३.९ प्रतिशत धेरै हो । तर, भ्रमण व्यय समेत ७६.५ प्रतिशतले वृद्धि हुँदा यस वर्ष खुद सेवा आय उच्च घाटामा रहेको देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?