+
+

गृहमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङ सियाओहोङबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १९:०९

३० असोज, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सचिवालयका सदस्य, स्टेट काउन्सिलर एवम चीनका सार्वजनिक सुरक्षा मन्त्री वाङ सियाओहोङको भेट भएको छ ।

नेताहरूले भेटमा दुई देशबीचको उत्कृष्ट सम्बन्धका साथै दुई मन्त्रालयबीच बढ्दो सहयोगप्रति सन्तोष व्यक्त गरेका थिए ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले ‘एक चीन सिद्धान्त’ प्रति नेपालको प्रतिबद्धता रहेको दोहोर्‍याउँदै आन्तरिक र बाह्य राजनीतिक परिस्थितिमा परिवर्तन आए पनि ‘एक चीन सिद्धान्त’मा नेपालको आधारभूत अडान अस्पष्ट र अटल रहेको बताए ।

उनले विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई अगाडि बढाउने विषयमा समेत छलफल गरेका थिए । साथै, कानून प्रवर्तन, सीमा व्यवस्थापन र सुरक्षाकर्मीको क्षमता अभिवृद्धिलगायत विषयमा समेत दुई नेताबीच छलफल भएको बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै शान्ति सुरक्षा कायम गर्न र सीमापार आपराधिक गतिविधि नियन्त्रण गर्न सीमापार सुरक्षा सहयोग अभिवृद्धि गर्नुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठले जोड दिए ।

चिनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहोङले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा सहयोग सहितको लजिस्टिक सहयोग विस्तारलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल–चीन सीमामा रहेका १४ वटा सीमा बन्दरगाह खोलिएकोमा दुवै नेताले प्रशंसा गरेका छन् । उनीहरुले सीमा बन्दरगाह खुल्दा द्विपक्षीय व्यापार प्रवद्र्धन मात्र नभई दुई देशबीचको जनस्तरको सम्बन्धलाई पनि प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले साँझ तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनको भ्रमणमा आएका विदेशी प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेका थिए । उक्त स्वागत भोजमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ सहभागी भएका थिए ।

यसअघि दिउँसो उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठको सम्मानमा चीनका लागि नेपालका राजदूत विष्णु पुकार श्रेष्ठले दूतावासमा आयोजना स्वागत समारोह आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?