+
+

भारतको राष्ट्रिय चलचित्र पुरस्कार : अल्लु अर्जुन, आलिया भट्ट र कृति सेनन सर्वश्रेष्ठ (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते ११:३४

काठमाडौं । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित भव्य समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले ६९ औं राष्ट्रिय फिल्म अवार्डका विजेतालाई पुरस्कृत गरेकी छन् । सेलिब्रिटीको बाक्लो उपस्थिति रहेको समारोहमा अल्लु अर्जुन, आलिया भट्ट, कृति सेनन लगायतका कलाकारले पुरस्कार ग्रहण गरे ।

पहिलोपटक अवार्ड ग्रहण गर्न राष्ट्रपति भवनमा पुगेका कलाकार उत्साहित देखिए । जसमध्ये अभिनेत्री कृति एक थिइन्, जसले फिल्म ‘मिमी’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड उचालिन् । ‘यो सबथोकका लागि भगवान् र फ्यानलाई धन्यवाद दिन्छु,’ पुरस्कार ग्रहणपछि कृतिले टाइम्स अफ इण्डियासँग भनिन् ।

उनले अगाडि भनिन्, ‘मेरो प्रार्थना बल्ल सुनिएको छ । मलाई आशा छ, आजको यो दिन हजारौं सपना देख्ने र त्यसलाई साकार पार्न खोज्ने युवा र युवतीको जित समेत हो ।’

अर्की अभिनेत्री आलियाले पनि ‘गंगुबाई काठियावाडी’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्राप्त गरिन् । समारोहमा ‘पुष्पा : द राइज’बाट अल्लु अर्जुनले सर्वश्रेष्ठ अभिनेताको अवार्ड ग्रहण गरे । आर माधवन निर्देशित ‘रकेट्री : द नाम्बी इफेक्ट’ले सर्वश्रेष्ठ फिल्मको पुरस्कार जित्यो । विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ले नरगिस दत्त अवार्ड जित्यो । वाहिदा रेहमानलाई दादा साहेब फाल्खे दीर्घ साधना सम्मान प्रदान गरियो ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?