+
+

चैत १६ देखि पाँचौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १३:२४

काठमाडौँ । ‘पाँचौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ चैत १६ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ । सांस्कृतिक तथा चलचित्र केन्द्रले पत्रकार सम्मेलन गर्दै तीन दिनसम्म फेस्टिभल हुन लागेको जनाएको हो ।

मानवअधिकार, दिगो विकास र सांस्कृतिक सिर्जनशीलतालाई फिल्ममार्फत मनाउने उद्देश्यले महोत्सवले लिएको छ । फिल्म स्क्रिनिङसँगै मानवअधिकार र दिगो विकासका विषयमा समेत विमर्श हुने जनाइएको छ ।

महोत्सव चलचित्र विकास बोर्डको सभाहल र पर्यटन बोर्डमा चल्नेछ । यस वर्षको संस्करणले सांस्कृतिक आदानप्रदान र समझदारीको माध्यमको रूपमा फिल्मको विश्वव्यापी प्रवर्द्धनमा जोड दिने जनाइएको छ ।

फेस्टिभलमा ३७ मुलुकका ६० फिल्म सहभागी हुने जनाइएको छ । महोत्सवमा फिल्म प्रदर्शनसँगै छलफल सत्र, मास्टर क्लास लगायतका कार्यक्रम आयोजना हुने जनाइएको छ । उत्कृष्ट फिल्म र फिल्मकर्मीलाई पुरस्कृत गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?