+
+
Shares

उपसभामुखले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते ११:४८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी बाढीपीडितको राहत र पुनःस्थापनाका लागि एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएकी छन्।
  • नेपाली कांग्रेसका ३८ प्रतिनिधिसभा र २४ राष्ट्रिय सभा सांसदले तलबबाट बाढीपीडितलाई सहयोग गर्न संसद् सचिवालयलाई पत्र लेखेका छन्।
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले पनि बाढीपीडितका लागि १५ दिनको तलब, र नेकपाले स्वकीयको १५ दिनको तलबसमेत सहयोग गर्ने उल्लेख गरेका छन्।

२५ भदौ, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएकी छन् ।

उपसभामुख रुबी कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई भनेकी हुन् ।

बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको उपसभामुखको सचिवालयले जनाएको छ ।

यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले तलबबाट बाढी पीडितलाई सहयोग गर्ने गरी निश्चित रकम जम्म गरिदिन संसद् सचिवालयलाई आग्रह गर्दै पत्र लेखेका छन् ।

यसमा नेपाली कांग्रेसका प्रतिनिधिसभा तर्फका ३८ जना र राष्ट्रिय सभातर्फका २४ जना सांसद रहेका छन् ।

प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले एक महिनाको तलब सहयोग गर्ने भएका छन् । साथै कांग्रेसका सांसदहरू गंगालक्ष्मी अवाल, रुक्मिणी देवी कोइराला प्रकाश सिंह कार्की र मोहन आचार्यले एक/एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।

कांग्रेसका सांसद टेकबहादुर गुरुङले एक लाख सहयोग गर्ने भएका छन् । एक महिनाको तलबबाट नपुग्ने भएकाले उनले एक महिनाको पुरकै तलब र बाँकी अर्को महिनाको तलबबाट कटाउन भनेका छन् ।

बाँकी कांग्रेसका सांसदहरू सबैले १५ दिनको तलब सहयोग गर्ने भएका छन् ।

नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राईले एक महिनाको तलब सहयोग गर्ने भनेर संसद् सचिवालयलाई पत्र लेखेका छन् । बाँकी एमालेका सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने भएका हुन् ।

एमालेको प्रतिनिधिसभामा २५ जना र राष्ट्रिय सभामा १० जना सांसद छन् ।

नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले पनि १५ दिनको तलब सहयोग गर्ने भएका छन् ।

संसद् सचिवायलाई पत्र लेखेर नेकपाले सांसदहरूसँगै उनीहरूका स्वकीयको १५ दिनको तलब पनि बाढी पीडितलाई सहयोग गर्ने उल्लेख गरेका छन् ।

नेकपाको प्रतिनिधिसभा र राष्ट्रिय सभामा १७/१७ जना सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?