+
+

थलापति विजयको ‘लियो’लाई भारतका तीन ठूला मल्टिप्लेक्सले रिलिज नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १ गते १२:३८

काठमाडौं । दक्षिण भारतीय अभिनेता थलापति विजय स्टारर ‘लियो’ बिहीबार नेपाली हलमा समेत रिलिज हुँदैछ । सुपरस्टारको उपस्थिति र लोकेश नागराज निर्देशित फिल्म भएकाले पनि फ्यानमाझ यो फिल्मलाई लिएर उत्साहजनक पर्खाइ छ ।

फिल्मको घोषणा भिडियोले सानोतिनो आँधी नै ल्यायो । दक्षिण भारतमा यसले विस्फोटक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । उत्तरी भारतमा ओपनिङ आक्रामक हुन सक्ने बलिउड हंगामाले उल्लेख गरेको छ ।

यद्यपि, यो फिल्मले पश्चिम, उत्तर र दक्षिण भारतमा सीमित हल पाउनेछ किनभने भारतका तीन ठूला मल्टिप्लेक्स चेन पीभीआर, आइनक्स र सिनेपोलिसले फिल्मलाई रिलिज गर्न अस्वीकार गरेका छन् ।

यो प्रतीक्षित फिल्मको हिन्दी संस्करणलाई भारतका राष्ट्रिय चेनले रिलिज गर्नु नमान्नु पछाडि एक कारण देखिएको छ । यसो हुनुमा यो फिल्म हलमा रिलिज भएको चार सातामै ओटीटी प्लेटफर्ममा आउने निर्णय निर्माताले गर्नु हो ।

१ अगस्ट २०२२ मा भारतीय मल्टिप्लेक्सले हलमा रिलिज भएको आठ सातामा मात्र ओटीटीमा रिलिज गर्न पाउने निर्णय गरेका थिए । रजनीकान्तको ‘जेलर’ पनि हालै भारतका ठूला हलमा रिलिज भएन । यो फिल्मलाई पनि निर्माताले चार सातामै ओटीटीमा ल्याउन चाहेका थिए ।

तर मल्टिप्लेक्सले फिल्मको मौलिक संस्करणलाई भने हलमा रिलिज गर्न अनुमति दिएका छन् । ‘लियो’ ती ठूला हलमा रिलिज गर्न चाहे निर्माताले हिन्दीबाहेकका संस्करणमा देखाउनुपर्नेछ । स्रोतले टिप्पणी गर्‍यो, ‘चाखलाग्दो कुरा के छ भने पीभीआर, आइनक्स र सिनेपोलिसले लियोको तमिल संस्करणलाई भने हलमा रिलिज गर्नेछन् ।’ स्रोतका अनुसार लियोका निर्माताले ८० प्रतिशत सेयर मागेका थिए । तर मल्टिप्लेक्सले यसलाई अस्वीकार गरेका छन् । छलफल जारी र समस्या समाधान हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?