+
+
Shares
कविता :

सपनाको छोरा

प्रभा खनाल प्रभा खनाल
२०८० कात्तिक २ गते १२:३७

मेरो आमाको पेटमा रहेको त्यो भ्रूण

जब त्यो भ्रूण म छोरी भएर जन्मिएँ सपनाले लियो अर्कै मोड

मेरा जिउँदा बुबालाई मरेपछि बैतर्नी तर्न अनि मेरी आमालाई स्वर्गको ढोका खुलाउन थियो छोराको जरुरत

तर मेरो दुर्भाग्य भनुँ या मेरो बुबाको असफल प्रयास

म खोजिएको छोरो हुन सकिनँ

आखिर मेरो बुबालाई पनि त के थाहा म पनि त्यही छोरा पाउने वीर्यको नै नतिजा थिएँ

सायद यसैले होला म जन्मिएदेखि मेरी आमाका खुसीहरुले पूर्णबिराम लिए

छोरी भएकै कारण कयौं कलिला सपनाहरु जरैदेखि निमोठिए

राम्रो लगाउने र मीठो खाने चाहना यो जुनीमा अधुरो नै रह्यो

तर मलाई अत्तोपत्तो छैन छोरी भएर जन्मिनु गल्ती थियो या छोरी स्वीकार गर्न नसक्नु

कन्यादानसँगै आफ्नो सबै माइती छोडी

कसैकी बुहारी, कसैकी आमा, अनि श्रीमती बन्ने एउटा नारी महान् हो

या आमाकै काखमा झुण्डिने पुरुष महान्

तर जति हुर्कंदै गएँ समाजको पर्दालाई आफ्नै आँखाले नियाल्दै गएँ

म म हुनुमा सदैव कृतज्ञ रहें ।।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?