+
+

‘आईएमई पे’ र होटल एन्ड होमबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १३:०८

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले होटल एन्ड होमसँग सम्झौता गरेको छ ।

सम्झौता पत्रमा ‘आईएमई पे’ का प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपाने र होटल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार होटल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका विभिन्न होटलहरुमा बुकिङ गरी आईएमई पे मार्फत भुक्तानी गर्ने सेवाग्राहीहरुले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

नजिकिंदै गरेको राष्ट्रिय चाड दशैं तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको सो छुट कात्तिकको अन्त्यसम्म लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?