+
+

यतीले घोषणा गर्‍यो चाडपर्व लक्षित ग्राहक उपहार योजना

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १३:१३

काठमाडौं । दशैं, तिहार र छठ पर्वको अवसरमा यती एयरलाइन्सले आफ्ना यात्रुका लागि आकर्षक उपहार योजना घोषणा गरेको छ ।

यती एयरलाइन्सले आफ्ना आधिकारिक सामाजिक सञ्जाल मार्फत् ‘महोत्सवको बहार, यतीको उडानमा सानदार उपहार’योजना सार्वजनिक गरेको हो । यो योजना २८ असोजदेखि ७ मंसिरसम्म लागु हुनेछ ।

यसअवधिमा यात्रा गर्ने यात्रुहरुमध्ये गोलाप्रथाद्वारा प्रथम हुने १ जनालाई बजाज पल्सर एनएस २०० बाइक दिने घोषणा गरेको हो ।

यस्तै दोस्रो हुनेले बैंकक एयर टिकट (एक जोडी) पाउनेछन् भने तेस्रो हुनेले एलजीको वासिङ मेसिन र चौथो बिजेताले श्रीबालाजी डाइमण्ड (एसबीडी)को तर्फबाट हिराको टप जित्नेछन् ।

साथै, यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरुमध्ये हरेक हप्ता १ जनाले फार्म सप, लुक्ला आउटडोरको तर्फबाट आकर्षक उपहार प्राप्त गर्नेछन् भने सिद्धार्थ बुटिक होटलको तर्फबाट दुई जोडीले ‘नाइट स्टे’ पाउनेछन् ।

त्यस्तै, प्रत्येक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट स्योरसट प्राइजको रुपमा डिस्काउन्ट भौचर प्राप्त गर्न सक्नेछन् । डिस्काउन्ट भौचर दाबी गर्नका लागि भने यात्रुहरुले विमानमा इन-फ्लाइट इन्टरटेन्मेन्ट सर्भिस प्रयोग गर्दै गर्दा दशैं क्याम्पियन ब्यानरमा क्लिक गरेर आफ्नो विवरण भरी पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

सो योजना चलिरहँदा सामाजिक सञ्जालमा समय–समयमा सोधिने प्रश्नको सही जवाफ दिनेहरुमध्येबाट ३ जनालाई विशेष क्रियसनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
योजना सकिए लगत्तै आफ्नो फेसबुक पेजमार्फत् लाइभ गरेर बिजेताहरु घोषणा गरिने यती एयरलाइन्सले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?