+
+

यती एयरलाइन्सले एकसाथ थप्यो दुई जहाज

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १८:१८

१८ माघ, काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले एकसाथ दुइटा जहाज थपेको छ । यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो । यी जहाज साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे ।

यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० सिरिजको जहाज ७ पुगेको छ । थपिएका जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन् । ती जहाज यतीका क्याप्टेनहरूले नै बंगलादेश ढाकाबाट नेपाल ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार कम्पनीले थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी एक सातापछि उडान थाल्ने छ । यतीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले आन्तरिक हवाई सेवा अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्र्याउने नीति लिइएको र जहाज थप गरेसँगै यात्रुलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।

सन् २०२४ भित्रै थप तीन जहाज ल्याई १० पु¥याउने लक्ष्य रहेको र यसले गुमेको बजार हिस्सा कायम गर्दै यात्रुलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने उनले बताए । यती एयरलाइन्समा हालै एसियन लाइफ इन्स्योरेन्स नयाँ लगानीकर्ताका रूपमा भित्रिएको थियो । कम्पनीले यसै वर्षभित्र सर्वसाधरणका लागि आईपीओ जारी गर्ने लक्ष्य लिएको छ । हाल यतीले सुगम गन्तव्य काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज तथा पर्वतीय उडान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?