+
+

यती एयरलाइन्समा २ वर्ष मुनिका बालबालिकाले निःशुल्क यात्रा गर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १३:५९

काठमाडौं । निजी स्वामित्वको वायुसेवा कम्पनी यती एयरलाइन्सले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ ।

कम्पनीले ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरुलाई यतीले हवाई भाडा शतप्रतिशत छुट दिने घोषणा गरेको हो ।

हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एयरलाइन्स मार्फत नै सुरुवात होस् भनेर यो योजना ल्याइएको यतीले बनाएको छ ।

एयरलाइन्सहरुमा २४ महिनासम्मका शिशुको हकमा सेवा शुल्क लाग्ने गरेको छ ।

यात्रुहरूलाई सुखद् उडान यात्राको अनुभव दिन बच्चाहरूको हवाई भाडामा शतप्रतिशत छुट गरिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार हाललाई यो योजना नेपाली र विदेशी सबै शिशुहरुका लागि १ वैशाख २०८१ देखि सीमित समयका लागि लागु गरिएको छ ।

यो सुविधा लिन यात्रा गर्दा अभिभावकहरुले यती एयरलाइन्सको चेक—इन काउन्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रुपमा देखाउनु पर्नेछ ।

यतीले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरूका लागि विशेष काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ ।

हाल यती एयरलाइन्सले ७ वटा एटीआर–७२ विमानमार्फत दैनिक ६५ भन्दा बढी उडान गरी ४ हजारभन्दा धेरै यात्रुहरूलाई सेवा दिंदै आएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?