+
+

यती एयरलाइन्समा क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १३:३७

काठमाडौं । यती एयरलाइन्सले विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट) मा उपचारका लागि जाने क्यान्सरका बिरामीहरुलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको यती एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए ।

यो सुविधाले क्यान्सरसँग लडिरहेका बिरामीलाई थप उत्प्रेरणा मिल्ने विश्वास लिएको उनले बताए ।

निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई देशभरिकै क्यान्सरका बिरामीहरले उपभोग गर्न पाउने उनको भनाइ छ । विराट क्यान्सर इन्स्टिच्युटसँगको सहकार्यमा यो योजना ल्याएका उनले बताए ।

निःशुल्क टिकट लिनका लागि बिरामीले आवश्यक कागजात सहित विराट क्यान्सर इन्स्टिच्युट सम्पर्क गर्नुपर्नेछ ।

क्यान्सर भएको प्रमाणपत्र/परिचयपत्रका आधारमा उपचार गराउन आउने बिरामीका लागि अगाडि नै टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्स्टिच्युटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिए ।

‘बिरामीले डाक्टरको अप्वाइन्टमेन्ट लिँदा टिकट बुकिङका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्ने छन्,’ उनले भने ।

त्यस्तै, यात्रुले विमानस्थलमा चेकइन गर्दा यती एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने छ ।

देशभरिकै क्यान्सर बिरामीलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एयरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच १७ फागुनमा सम्झौता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?