+
+

निसान गाडी किन्ने ४ जनाले विश्वकप क्रिकेटको टिकट पाउने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १५:४५

२ कात्तिक, काठमाडौं । निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले आफ्ना ४ जना ग्राहकलाई विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड र पाकिस्तानबीचको खेलको टिकट उपलब्ध गराउने भएको छ ।

निसानको कुनै पनि मोडलको कार किन्ने ग्राहकहरुबीच लक्की ड्र गरेर ४ जना विजेता छानिने र उनीहरुलाई इंग्ल्याण्ड र पाकिस्तानबीचको खेल हेर्न लाग्ने स्टेडियमको टिकट र खेल हेर्न जानका लागि हवाइ टिकट उपलब्ध गराउने उसको घोषणा छ ।

यो खेल ११ नोभेम्बर २०२३ मा कोलकाताको ऐतिहासिक इडेन गार्डेन स्टेडियममा हुने छ। विजेताले काठमाडौं कोलकता दुईतर्फी टिकट र खेल हेर्न स्टेडियम प्रवेश गर्ने टिकट पाउने छन् ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दिपकुमारका अनुसार क्रिकेट विश्वकप र आईसीसी सँगको साझेदारीलाई निरन्तरता दिँदै क्रिकेट फ्यान भएका निसान ग्राहकहरूका लागि यो उपहार घोषणा गरेका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?