+
+

दशैंमा समेत सुनसान छन् वीरगन्जका पसल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १९:४३

२ कात्तिक, पर्सा । बडादशैं आएसँगै वीरगन्ज बजारमा व्यक्तिको चहलपहल बढेको छ । देशकै आर्थिक राजधानी वीरगन्जमा व्यक्तिको चहलपहल बढेपनि यहाँ सञ्चालित सबै पसल प्रायः सुनसान नै देखिन्छन् ।

सीमावर्ती भारतीय सहर रक्सौलबाट सहजै खरिद गरिएका लत्ताकपडा, खाद्यान्न तथा इलेक्ट्रिक, इलोट्रोनिक्सका सामान सहजै नेपाल भित्रिन थालेपछि वीरगन्जको खुद्रा कारोबार घट्दै गएको व्यापारी बताउँछन् ।

भन्सारमा लाग्ने करले गर्दा वीरगन्जको तुलनामा रक्सौल बजारमा केही वस्तुको मूल्य सस्तो छ । सस्तो भएकाले यहाँका ग्राहक रक्सौल बजारबाटै सामान खरिदगर्छन् ।

वीरगन्ज बजारको कारोबार घट्दै गएको विद्युतीय खुद्रा कारोबारी दीपक सर्राफको भनाइ छ । उनले व्यापारको यस्तै अवस्था रहे छठपर्वपछि वीरगन्जका आधी पसल बन्द हुने बताए ।

गत वर्षको दशैंभन्दा यसपालिको दशैंमा कारोबार अत्यन्त कम भएको कपडा व्यापारी पङ्कज रौनियारले सुनाए । दशैंतिहारका बेला सबैभन्दा बढी खरिद बिक्री हुने टिभी, फ्रिज, वासिङ मेसिनजस्ता इलोट्रोनिक्सका सामानको कारोबार गत वर्षको तुलनामा यस वर्ष ७० प्रतिशतले घटेको खुद्रा व्यापारी विकासकुमार अग्रवालले जानकारी दिए ।

उनले दिनप्रतिदिन खस्किँदै गएको खुद्रा कारोबारलाई जोगाउन सरकारले आर्थिक नीतिमा सुधार ल्याउन जरुरी रहेको बताए ।

कोरोना महामारीका कारण थलापरेको नेपाली अर्थतन्त्र राम्ररी तङ्ग्रिन नपाउँदै आएको आर्थिक मन्दीले समग्र नेपाली अर्थतन्त्र नै अप्ठ्यारोमा परेको बेला नेपाली अर्थतन्त्रलाई सही दिशातर्फ डोहोर्याउन सरकारले गम्भीरतापूर्वक पहलकदमी लिनुपर्ने व्यापारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?