+
+

निजामती कर्मचारीका लागि खुल्यो वैदेशिक अध्ययन छात्रवृत्ति आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ५ गते १४:४६

५ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाले वैदेशिक अध्ययन छात्रवृत्तिका लागि निवेदन माग गरेको छ ।

शाखाको अनुसार इच्छुक निजामती कर्मचारीले सूचनामा उल्लेख भएको विवरण खुलाई अद्यावधिक व्यक्तिगत विवरण सहित १० कात्तिकभित्र निवेदन पेस गर्नुपर्नेछ ।

शाखाले सङ्घीय मामिला तथा सामान्य प्रशासन शाखाको जनशक्ति योजना तथा विकास शाखाले खुल्ला गरेको जापान र अमेरिकाको विभिन्न विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधि तह अध्ययनका लागि आवेदन पेश गर्न सूचित गरेको हो ।

शाखाको अनुसार निजामती सेवा ऐन तथा नियमावलीका प्रावधान र उक्त पत्रमा उल्लेख भएका आधारहरु पूरा भएका मन्त्रालय र मन्त्रालयअन्तर्गत कार्यरत इच्छुक निजामती कर्मचारीहरुले आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?