+
+

धादिङमा ४ म्याग्निच्युडभन्दा माथिका ४ परकम्प

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ५ गते १६:२२

५ कात्तिक, काठमाडौं । धादिङ केन्द्रविन्दु भएर पुन फरकफरक समयमा तीन वटा भूकम्पको परकम्प गएका छन् ।

बिहान ७ बजेर ३९ मिनेट जाँदा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहानै ८ बजेर ८ मिनेट जाँदा ४.२, ८ बजेर २८ मिनेट जाँदा मा ४.३,  ८ बजेर ५९ मिनेट जाँदा ४.१ र चार बजेर तफन मिनेट जाँदा ४.४ म्याग्निच्युडको परकम्पन गएको हो ।

बिहान गएको भूकम्पले धादिङमा १८ परिवारको घरगोठमा क्षति पुगेको छ । धादिङसहित काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?