+
+

सोमपालले दिलाए दोस्रो सफलता

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ६ गते ११:२०

६ कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत यूएई विरुद्धको खेलमा सोमपाल कामीले दोस्रो विकेट लिएका छन् ।

पहिलो ओभरको अन्तिम बलमा पहिलो विकेट लिएका सोमपालले २.४ ओभरमा दोस्रो विकेट लिए ।

उनले यूएईका कप्तान मोहम्मद वासिमलाई गुल्शन झाबाट क्याचआउट गराए ।

त्यसअघि उनले यूएईका खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड गरेका थिए ।

यूएईका कप्तान ८ रनमा र खालिद तीन चौकासहित १२ रनमा आउट भए ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ । नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो ।

हङकङ पनि सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ ।

फोटो : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?