+
+

दशैं खानपानबारे दीपकको आग्रह- ४० कटेका शाकाहारी बन्नूस, मासु खाएको भिडियो नराख्नूस

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ६ गते ११:५३

काठमाडौं । दशैंजस्ता चाडपर्वसँग मीठो खाना र परिकारको महत्व जोडिएको हुन्छ । माशांहारी-शाकाहारी सबैका लागि परिकारको विशेष महत्व छ । पछिल्लो समय पर्वमा पनि भिगन र शाकाहारी खानाका पारखी बढ्दै गएको देखिन्छ ।

दशैं छेकोमा अभिनेता दीपकराज गिरीले ४० वर्ष उमेर कटेकालाई शाकाहारी भोजन ग्रहण गर्न सुझाव दिएका छन् । टिकटकमा भिडियो सन्देश जारी गर्दै उनले आफू पनि शाकाहारी भएको र माछामासु नखान आग्रह समेत गरे ।

दीपक भन्छन्– म शाकाहारी हुँ र दशैंमा शाकाहारी भोजन मात्र गर्छु । तपाईं पनि यदि ४० प्लस हुनुहुन्छ भने सकेसम्म शाकाहारी भोजन गर्नू । खानुहुन्छ भने माछामासु धेरै नखानूस, त्यसले राम्रो पनि गर्दैन ।’

मासु खाएपनि त्यसलाई खिचेर सामाजिक संजालमा नराख्न दीपकको आग्रह छ । ‘किनभने त्यो सबैलाई मन नपर्न सक्छ’ उनले भनेका छन् । उनले आगामी वर्षको दशैंमा फिल्म लिएर आफूहरु दर्शकमाझ उपस्थित हुने बताए ।

उनले भने, ‘हरेक दशैंमा हाम्रो फिल्मसहित भेटघाट हुन्थ्यो । यसपटक हामीले सिनेमा तयार गर्न सकेनौं । सम्भवतः अर्को साल यहाँसँग हाम्रो नयाँ चलचित्रको साथमा भेटघाट हुनेछ । अहिलेलाई साथीभाइका सिनेमा लाग्या छ हलमा, त्यो हेर्नुहोला । यो दशैंमा भाइचारा बढोस्, सबैका समस्या हटेर जाऊन ।’

दीपकले आगामी दशैं फूलपातिमा फिल्म रिलिज ल्याउने बताइसकेका छन् । मंसिरदेखि नयाँ फिल्मको छायांकन सुरु गर्ने तयारीमा उनी छन् । तर, कुन प्रोजेक्ट फ्लोरमा जान्छ उनले यसबारे पछिमात्र जानकारी दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?