+
+

हलिउड हड्तालको असर रिलिजमा, टम क्रुजको ‘मिसन इम्पोसिबल ८’ अब सन् २०२५ मा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ८ गते ११:०२

काठमाडौँ । टम क्रुज र ‘मिसन इम्पोसिबल’ फ्रेन्चाइजीका फ्यानका लागि स्तब्ध तुल्याउने खबर छ । गत जुनमा रिलिज भएको ‘मिसन इम्पोसिबल–डेड रेकनिङ, पार्ट–१’ ले यसको दोस्रो श्रृंखलालाई लिएर उत्साह बढाएको छ भने अब पार्ट-२ रिलिजको लागि लामो समय कुर्नुपर्नेछ ।

फिल्मको दोस्रो भाग यसअघि जुन २८, २०२४ मा प्रदर्शनका लागि पूर्वनिर्धारित थियो । नयाँ खबरअनुसार प्यारामाउन्ट पिक्चर्सले अब यसको प्रिमियर एक बर्ष स्थगित गर्ने निर्णय गरेको छ । अब यो फिल्म मे २३, २०२५ मा रिलिज हुँदैछ ।

क्रिस्टोफर म्याक्वेरी निर्देशित ’मिशनः इम्पोसिबल – डेड रेकनिङ, पार्ट १’ले बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको थियो । सन् २०२३ मा यो धेरै कमाउने फिल्ममध्ये एक हो । नयाँ विवरण अनुसार, यसको दोस्रो भागको रिलिज रोकिनुमा मुख्य कारण हलिउडमा चलिरहेको हड्ताल प्रमुख हो ।

हलिउडमा पछिल्लो सय दिनदेखि कलाकारको हडताल चलिरहेको छ । जसले गर्दा फिल्म निर्माणमा ठूलो नोक्सान पुगेको छ । हलिउड रिपोर्टर म्यागजिनका अनुसार गत जुलाईदेखि नै स्थगित छ । टम क्रूज र क्रिस्टोफर म्याक्वेरी यो फिल्मका लागि उत्कृष्ट दृश्य अनुभव दिन चाहन्छन् । जसको लागि ‘एमआई ८’लाई आइम्याक्समा छायांकन गरिने भएको छ । आइम्याक्स खिचिएका ‘मिसनः इम्पोसिबल ७’ र ‘ओपेनहाइमर’ लाई प्राप्त सकारात्मक प्रतिक्रियापछि यो निर्णय गरिएको हो ।

टम क्रुज फेरि एकपटक ‘डेड रेकनिङ, पार्ट २’ मा आईएमएफ एजेन्ट एथन हन्टको भूमिकामा देखिनेछन् । उनी बाहेक हेली एटवेल, साइमन पेग, भिङ र्हेम्स र भेनेसा किर्बी लगायतका ठूला कलाकार पनि फिल्ममा पुनः संलग्न हुनेछन् ।

हडताललाई ध्यानमा राख्दै प्यारामाउन्ट पिक्चर्सले आफ्ना धेरै फिल्मको रिलिजको समय तालिका सारेको बताइएको छ । रायन रेनोल्ड्स र जोन क्रासिन्स्की स्टारर फिल्म, जुन मे २४, २०२४ मा रिलिज हुने तय भएको थियो, अब मे १७, २०२५ मा रिलिज हुनेछ । यस बाहेक, स्पन्जबब स्क्वायरप्यान्टको अनटाइटल फिल्म २३ मे, २०२५ मा रिलिज हुने जनाइएको थियो । अब भने यो फिल्म १९ डिसेम्बर, २०२५ मा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?