+
+

मकवानपुरमा अटो दुर्घटना हुँदा ७ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ९ गते ९:३६

९ कात्तिक, मकवानपुर । मकवानपुरमा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

दुम्सीडाँडाबाट हेटौंडातर्फ जाँदै गरेको ना २ ह ५१७४ नम्बरको अटो आफैं अनियन्त्रित भएर सडकबाट करिब ३० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

घटनामा मकवानपुर गढी-७, सुकौराकी २३ वषर्ीया मनिता मोक्तान, उनकी दुई महिनाकी छोरी जानुका जिम्बा, मकवानपुर गढी-७ का कृष्णबहादुर योञ्जन, उनकी छोरी ८ वर्षीया सारोक्षा योञ्जन, २६ वषर्ीया दिलमाया योञ्जन हिरामाया योञ्जनर विकाश योञ्जन मुक्तान घाइते छन् ।

घाइतेमध्ये मनिताको छाती र बायाँ हातमा चोट लागेको छ भने उनकी दुई महिने छोराीको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार, घाइतेमध्ये ५ जनाको डिस्चार्ज भएको छ भने दुई जनाकेा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?