+
+
त्रिकोणात्मक शृङ्खला फाइनल :

नेपालले यूएईविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १० गते १०:४७

१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ ।

टीयू मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । सिरिजमा नेपालले पहिलो पटक टस हारेको हो भने दोस्रो पटक पहिले ब्याटिङ गरेको हो ।

नेपालले यसअघि लिग चरणमा चारवटै खेल जित्दै अपराजित रहेर फाइनल पुगेको थियो । युएई भने नेपालसँगको दुवै खेलमा पराजित भएको थियो । तर, हङकङसँग समान अंक भए पनि नेट रनरेटमा अगाडि रहेर फाइनल पुगेको हो ।

फाइनलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । अलराउण्डर विवेक यादवको स्थानमा स्पीनर ललित राजवंशी पहिलो रोजाईँमा खेल्दैछन् ।

टी–२० आई हेड टू हेडमा नेपाल यूएईभन्दा अगाडि रहेको छ । नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?