+
+

युरोपा लिगमा ब्राइटनको ऐतिहासिक जित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १० गते ११:२१

काठमाडौं । इंग्लिस क्लब ब्राइटनले अयाक्सलाई हराउँदै युरोपा लिगमा पहिलो जित हात पारेको छ । बिहीबार राति भएको खेलमा अयाक्सलाई २-० ले हराएको ब्राइटनले नकआउट चरणमा पुग्ने सम्भावना पनि कायमै राखेको हो ।

घरेलु मैदानमा भएको खेलमा ब्राइटनले ४२औं मिनेटमा योआओ पेद्रोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको ५३औं मिनेटमा अन्सु फातीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

त्यही अग्रतालाई जोगाएर पहिलो जित हात पारेपछि म्यानेजर रोबर्टो डी जर्बीले भनेका छन्, यो हाम्रा समर्थन र क्लबका लागि ऐतिहासिक दिन हो ।’

पहिलो खेलमा एईके एथन्ससँग पराजित भएको ब्राइटनले दोस्रो खेलमा मर्सेलिएसँग अंक बाँडेको थियो । पहिलो जितसँगै समूह बीमा रहेको ब्राइटनको चार अंक भएको छ ।

बिहीबार राति नै भएको अर्को खेलमा एईके एथन्सलाई ३-१ ले हराएको मार्सेलिए ५ अंकका साथ शीर्ष स्थानमा छ भने ४ अंक जोडेको एथन्स दोस्रो र ब्राइटन तेस्रो स्थानमा छ । २ अंक जोडेको अयाक्स भने पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?