+
+

एन्जिलाले सेथुबाटै इन्डियन वुमन्स लिग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ११ गते १०:३८

११ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले इन्डियन वुमन्स लिग (आईडब्लुएल) को नयाँ सिजन पनि सेथु एफसीबाटै खेल्ने भएकी छन् ।

एन्जिलाले आगामी सिजनको लागि सेथुसँग सम्झौता नविकरण गरेकी छन् । सेथुले शुक्रबार सामाजिक सञ्जालमार्फत एन्जिलाले नयाँ सिजन पनि क्लबबाटै खेल्ने जनाएको छ र स्वागत गरेको छ ।

अघिल्लो सिजन एन्जिलाले सेथुबाट खेल्दै इन्डियन वुमन्स लिगमा डेब्यु गरेकी थिइन् । त्यस सिजन उनले क्लबको कप्तानी समेत गरेकी थिइन् ।

वुमन्स लिगमा एन्जिलाको यो दोस्रो सिजन हुनेछ । गत सिजन एन्जिलाको टोली सेथु सेमिफाइनलमा किक स्टार्टसँग पराजित भएको थियो । एन्जिलाले पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा ‘क्लिन सिट’ राखेकी थिइन् ।

गत सिजनका उत्कृष्ट ८ टोली आगामी सिजनको वुमन्स लिगका लागि छनोट भएको थियो । तर नयाँ सिजन ७ टोलीले मात्र प्रतिस्पर्धा गर्नेछन् । जसमा सेथुसँगै साविक विजेता गोकुलम केरला, किक स्टार्स, उडिसा एफसी, इस्ट बंगाल, होप्स एफसी र स्पोर्टस् उडिसा छन् । डबल राउण्ड रोविन लिगका आधारमा हुने लिगमा हरेक टोलीले १२ खेल खेल्नेछन् ।

इस्टर्न स्पोर्टिङ्ग युनियन पनि लिगका लागि छनोट भएको थियो तर कागजी प्रक्रिया पूरा नगर्दा रेलिगेसनमा परेको हो ।

इन्डियन वुमन्स लिगको नयाँ सिजन आगामी डिसेम्बर दोस्रो साता सुरु हुनेछ र २०२४ मार्चसम्म चल्नेछ । सेथुले डिसेम्बर ८ मा च्याम्पियन गोकुलम केरलासँग खेल्दै लिग सुरुवात गर्नेछ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?