+
+

सैनामैनामा मंसिर १२ देखि अन्तर जिल्लास्तरीय भलिबल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १२:४१

१३ कात्तिक, बुटवल । रुपन्देहीको सैनामैनामा एक लाख बढी पुरस्कार राशिको अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

दुधराक्ष युवा क्लबको आयोजनामा मंसिर १२ देखि १६ गतेसम्म सैनामैनाको रामापुर कलौनीमा हुने प्रतियोगितामा लुम्बिनी प्रदेश र अन्य प्रदेशका जिल्लाबाट समेत गरी १२ टिमको सहभागिता रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ११ हजार १ सय ११, उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ, तेस्रो हुने टिमले नगद ४४ हजार ४ सय ४४ रुपैयाँ, शान्त्वना हुने टिमले नगद २२ हजार २ सय २२ रुपैयाँ, र विधागत उत्कृष्ट खेलाडीहरुले नगद ७ हजार ७ सय ७७ रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कृत पाउने आयोजक क्लबका अध्यक्ष किरण पोखरेलले बताए ।

सैनामैना नगरपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद् लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिको सहयोग रहने प्रतियोगिता सम्पन्न गर्न १६ लाख रुपैयाँ खर्च हुने खेल संयोजक विष्णुप्रसाद पाण्डेले बताए ।

पत्रकार सम्मेलनमा सैनामैना नगरपालिकाका प्रमुख फणिन्ऽ शर्माले प्रतियोगिताका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।

उपप्रमुख विना रानाले खेलकुद गतिविधिले जुनसुकै उमेर समूहका नागरिकलाई स्वस्थ बनाउन र राष्ट्रको नाम उचो बनाउन सहयोग पुग्ने बताइन् ।

सैनामैना नगरपालिका वडा नं ७ का वडाअध्यक्ष राजकुमार चौधरीले आफ्नो हजुरआमा ढुण्डी थरुनीको स्मृतिमा आयोजना गर्न लागेको प्रतियोगितालाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?