+
+

दिपेन्द्रसिंह ऐरीले टी–२० विश्वकप छनोटका खेल गुमाउने !

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १३:२५

१३ कात्तिक, काठमाडौं । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ ।

सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको देब्रे गोलीगाँठोमा चोट लागेको थियो । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई प्लेइङ ११ मा राखिएको थियो ।

ऐरीलाई घाइते भए लगत्तै उपचारका लागि मेडसिटी अस्पताल लगिएको थियो । अस्पतालबाट उनी ब्यान्डेज बाँधेर र बैशाखी टेकेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फर्केका थिए ।

‘उहाँको ट्यालो फिबुलर लिगामेन्ट च्यातिएको छ, उहाँलाई जतिसक्छो टिममा फर्काउन क्यान र हामी मेडिकल टिम प्रयासरत छौं’, नेपाली क्रिकेट टिमका डाक्टर अभिशेक राजसि‌ंहले अनलाइनखबरसँग भने ।

ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा राम्रो प्रदर्शन गर्दै आएका थिए ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले भोलि दिउँसो सवा १ बजे मलेसियासँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?