+
+

युगाण्डा पहिलो पल्ट टी-२० विश्वकपमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १६:०७

१४ मंसिर, काठमाडौं । युगाण्डा पहिलो पल्ट टी-२० विश्वकपमा छनोट भएको छ ।

अफ्रिकी महादेशको छनोटको समूह चरणको अन्तिम खेलमा रुवान्डालाई ९ विकेटले हराउँदै युगाण्डाले शीर्ष २ मा रहेर टी-२० विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

छनोटमा युगाण्डा नामिबियासँग ६ विकेटले पराजित भए पनि अरु सबै ५ खेलमा विजयी भयो । उसले तान्जानिया, जिम्बाब्वे, नाइजेरिया र केन्यालाई हराएको हो ।

अफ्रिकी महादेशबाट नामिबिया यसअघि नै विश्वकपमा छनोट भइसकेको थियो । नामिबिया र युगण्डा विश्वकपमा छनोट हुँदा टेष्ट राष्ट्र जिम्बाब्वेसँगै केन्या विश्वकपमा पुग्न असफल भएका छन् । नामिबियाले नाइजेरियासँग खेल्नै बाँकी छ ।

अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट हुने युगाण्डा अन्तिम टोली हो । वेस्ट इण्डिज र अमेरिका आयोजकका हिसाबले स्वत: छनोट भएका थिए  ।

भारत, पाकिस्तान, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, नेदरल्याण्ड्स र श्रीलंका अघिल्लो संस्करणमा शीर्ष आठमा परेका कारण स्वत: छनोट भएका हुन् ।

अफगानिस्तान र बंगलादेश टी-२० वरीयताका आधारमा छनोट भए भने क्षेत्रीय छनोटमा युरोपबाट आयरल्याण्ड र स्कटल्याण्ड, इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यूगिनी, अमेरिकी छनोटबाट क्यानडा तथा एसिया छनोटबाट नेपाल र ओमनले विश्वकपमा स्थान बनाएका छन् ।

४ जूनदेखि ३० जूनसम्म हुने विश्वकपमा २० टोलीलाई ४ समूहमा विभाजन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?