+
+

‘कलामा महिला’ नारासहित गायिका सज्जा चौलागाईंले चढिन् जुगल हिमाल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १३:२८

काठमाडौं । ‘कलामा महिला सहभागिता’को सन्देश दिंदै गायिका सज्जा चौलागाईंले ५ हजार ९२२ मिटर अग्लो जुगल–५ हिमाल आरोहण गरेकी छन् । आरोहीको एक टोलीसहित उनी गत मंगलबार विजयादशमीकै दिनमा चुचुरोमा पुगेकी हुन् ।

चुचुरोमा उनले राष्ट्रिय झण्डा फर्फराउँदै ‘कलामा महिला’ स्लोगन लेखिएको एक ब्यानर पनि प्रस्तुत गरेकी थिइन् । हिमाल चढेपछि सामाजिक सञ्जालबाट खुसी बाँड्दै सज्जाले कलामा महिला सहभागिता बढ्नु जरुरी रहेको उल्लेख गरेकी छन् ।

‘कला कुनै विशेषाधिकार होइन, यो एक अधिकार हो । मानव हुनुको आधारभूत भाग हो । ‘कलामा महिलाहरु’को आरोहण नारासहित सबै महिलाको प्रतिनिधित्व गर्न पाउँदा म धेरै खुसी छु,’ उनले लेखेकी छन् ।

महिलालाई प्रोत्साहन गर्ने आफ्नो सपना देखेको चर्चा गर्दै उनी लेख्छिन्, ‘महिला भएको नाताले मैले सधैं अरू महिलालाई प्रोत्साहन गर्ने र सकेसम्म उनीहरूलाई प्रतिनिधित्व गर्ने सपना देखेको थिएँ र मैले यो गर्ने मौका पाएँ त्यसैले मैले सक्दो प्रयास गरें । यो आरोहण सबै महिलाको लागि हो । म धन्य छु ।’

सज्जाले हिमालय सेपहर्ड नेपालको आरोहण युनिटसँग जुगल हिमाल चढेकी हुन् । गायन रियालिटी शो नेपाल आइडल सिजन ३ की विजेता समेत रहेकी सज्जा पछिल्लो समयकी व्यस्त गायिका हुन् । यसअघि गायक राजु लामाले जलवायु परिवर्तनको सन्देश दिन भन्दै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?