+
+

टी–२० विश्वकप छनोटमा युएईको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १८:३५

१४ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोटमा युएईले लगातार दोस्रो जित निकालेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा कुवेतले दिएको ८९ रनको लक्ष्य युएईले ३४ बल बाँकी रहदै भेटयो ।

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले ८ विकेटको क्षतिमा ८८ रन मात्रै बनाएको थियो । जितसँगै समूह बीमा रहेको युएईको सेमिफाइनल सम्भावना बलियो भएको छ ।

तर मंगलबार बिहानको खेलमा हङकङ बहराइनसँग पराजित भएकाले सेमिफाइनल पुग्न युएईले समूह चरणको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।

बुधबार युएईले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्नेछ । एक खेल जितेर दुई अंक जोडेको हङकङ अंकतालिकाको तेस्रो स्थानमा छ भने एक खेल नै जितेर उति नै अंक जोडेको बहराइन दोस्रो स्थानमा छ ।

पहिले खेलमा बहराइनलाई हराएको युएई लगातार जितसहित ४ अंक जोडेर पहिलो स्थानमा छ । समूह एमा भने अन्तिम खेल हुनु अगाडि नै ओमान र नेपाल सेमिफाइनल पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?