+
+

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १८:४१
राष्ट्रियसभा बैठकको फाइल तस्वीर ।

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

यो राष्ट्रिय सभामा रहेका सबै दलका सांसदहरुले संयुक्त रुपमा दर्ता गरेको गैरसरकारी विधेयक हो ।

राष्ट्रिय सभाबाट पारित विधेयक अब प्रतिनिधि सभामा जानेछ । प्रतिनिधिसभा नियमावली र संघीय संसदको संयुक्त बैठक सञ्चालन नियमावलीका अनुसार प्रतिनिधि सभाका कुनै सदस्यले यो विधेयकलाई अगाडि बढाउनुपर्ने हुन्छ । प्रतिनिधि सभाले पनि स्वीकार गरेर अगाडि बढाएको खण्डमा यसले कानुनको रुप लिन्छ ।

हाल सरकारले राष्ट्रिय मर्यादा तय गरेर राजपत्रमा प्रकाशन गर्ने गर्दछ । प्रस्तावित विधेयकले कानुनको रुप लिए मर्यादाको विषय कानुनमै व्यवस्थित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?