+
+

न्यायाधीश सिन्हाको अवकाश

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १९:०२

१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले उमेरहदका कारण अवकाश पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीश ६५ वर्षसम्म मात्रै पदमा बहाल हुन पाउने संवैधानिक व्यवस्था छ ।

सर्वोच्च अदालतले उनलाई मंगलबार एक समारोहको आयोजना गरी विदाइ गरेको छ । कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडाले उनलाई विदाइ गरे ।

१७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका सिन्हा करिव सात वर्ष सर्वोच्च अदालतमा रहँदा मूलत: संवैधानिक विवाद, फौजदारी र वाणिज्य सम्बन्धी मुद्दा निरुपणमा सक्रिय भए ।

उनी संलग्न इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी विवाद, प्रतिनिधिसभाको पहिलो विघटन, कर फस्यौंट आयोगको बन्दीप्रत्यक्षीकरण सम्बन्धी विवाद निरुपण गरेको थियो ।

उनी न्यायनिरुपण बाहेक सर्वोच्च अदालतलाई सूचनाप्रविधिमैत्री बनाउन सक्रिय थिए । उनी हालसम्म सर्वोच्च अदालतको सूचना प्रविधि समितिका संयोजक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?