+
+

युएईले दियो हङकङलाई १७७ रनको चुनौती

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते ११:०७

१५ कात्तिक, काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईले हङकङलाई १७७ रनको चुनौती दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको हङकङविरुद्ध युएईका बसिल हमिद र मोहमद वासिमले आक्रमक ब्याटिङ गरे ।

उच्च लयमा देखिएका बसिलले २९ बलमै अर्धशतक पुरा गरेका थिए । उनले तीन छक्का र चार चौका प्रहार गरे । ओपर आसिमले तीन छक्का र पाँच चौकामा ४६ रन बनाए ।

अर्धशतक बनाउन चुकेपनि वासिमले २४ बलमै आक्रमक ब्याटिङ गर्दै इनिङ्स उठाएका थिए । युएईका लागि अलिसन सारुफुले ३४ र भ्रित्य अरविन्दले १९ रन जोडे ।

सेमिफाइनलमा जान जित्नैपर्नै दबावमा रहेको हङकङका लागि यासिम मुर्तेजले तीन, नस्रुल्ला रानाले दुई र एसन खानले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?