+
+
Shares

जुवातास खेल्दा पक्राउ परेका इकु, गजित बिष्टसहितका कलाकार १५-१५ हजार धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १३:२४

काठमाडौं । जुवातास खेलेको आरोपमा पक्राउ परेका कलाकारहरु इकु, गजित विष्ट, गम्भीर विष्ट, शंकर आचार्य, चक्र बमसहित ९ जना धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको आदेशपछि १५-१५ हजार रुपैयाँ धरौटीमा उनीहरुलाई बुधबार बेलुका छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले अनलाइनखबरलाई जानकारी दिए ।

मैतीदेवीस्थित गजितको डान्स तालिम केन्द्रमा जुवातास खेल्दै गर्दा प्रहरी वृत्त सिंहदरबारले उनीहरुलाई शनिबार राति पक्राउ गरेको थियो । स्थानीय रमेशनाथ पाण्डेको घरमा विष्ट दाजुभाइले डान्स तालिम केन्द्र चलाउँदै आएका छन् ।

रिहा भएपछि मिडियासँग कुरा गर्दै सुलेमान शंकर ‘इकु’ले विष्ट दाजुभाइसँग भिडियोबारे कुराकानी गर्न गएको बेला आफूलाई समेत पक्राउ गरिएको दाबी गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?