+
+

‘प्लानेट अप द एप्स’को नयाँ श्रंखलाको ट्रेलर : जहाँ बाँदरले मान्छेमाथि शासन गरेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १७:५७

काठमाडौं । हलिउड ब्लकबस्टर ‘प्लानेट अफ द एप्स’को युनिभर्सलाई पुनः ठूलो पर्दामा हेर्न पाइने भएको छ । अघिल्लो भाग रिलिज भएको ६ वर्षपछि ‘किङ्डम अफ द प्लानेट अफ द एप्स’ को ट्रेलर सार्वजनिक भएको छ । यसमा मुख्य पात्र सिजरको छोरा कर्नेलियस फर्किएको छ । अब एप्स मानिसको शत्रु बनेको देखिन्छ ।

झण्डै ५५ वर्ष पुरानो हलिउडको सबैभन्दा शानदार फ्रेन्चाइजीमध्येको एक ‘प्लानेट अफ द एप्स’ले सन् १९६८ देखि दर्शकलाई मनोरञ्जन दिंदै आएको छ । यसअघि यो फ्रेन्चाइजीका नौ सिरिज रिलिज भइसकेका छन् । यो १० औं सिरिज हुनेछ ।

‘किङ्डम अफ द प्लानेट अफ द एप्स’मा पुनः एकपटक बाँदरको संसारको अद्भूत झलक देखाइएको छ । ट्रेलरमा एप्सले पृथ्वीमा शासन गरिरहेको छ र मानिस त्यसबाट बच्न र लुक्न खोजिरहेको देखिन्छ ।

यो एक मिनेट ५१ सेकेन्डको ट्रेलरमा ओवेन टिग सिजरका छोरा कर्नेलियस आफ्नो नयाँ संसारमा शासन गर्ने प्रयासमा देखिएका छन् । ट्रेलरमा यस्तो देखिन्छ कि निर्देशक वेस बलले सिजरको शासनपछि आउने पुस्ताका लागि यो फिल्ममा कसरी जीवनलाई निरन्तरता दिन सकिन्छ भनेर चित्रण प्रयत्न गरेका छन् ।

बाँदरले शासन गर्ने यो संसारमा मानिस उनीहरुबाट लुकेर बस्न बाध्य छन् । यसैबीच, एक नयाँ र डरलाग्दो अत्याचारी बाँदर आउँछ र अब उसले शासन गर्न चाहन्छ । त्यसपछि एक जवान बाँदर नायक जस्तै भएर अगाडि आउँछ, जसलाई विगतको बारेमा सबै थाहा छ र त्यो अत्याचारी बाँदरसँग लड्नेछ ।

‘किङ्डम अफ द प्लानेट अफ द एप्स’लाई वेस बलले निर्देशन गरेका हुन् । यो फिल्ममा ओवेन टीग, फ्रेया एलन, केभिन डुरन्ड, पिटर म्याकन, विलियम एच. जोस फ्राइडम्यानको अभिनय छ । रिक जाफा र अमान्डा सिल्भरले पटकथा तयार गरेका छन् । भारत र नोपलमा फिल्मको रिलिज मिति भने घोषणा गरिएको छैन ।

अमेरिकामा भने यो फिल्म २४ मे २०२४ मा प्रदर्शन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?