+
+

जाजरकोट भूकम्पको केन्द्र जमिनबाट १० किलोमिटर तल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते ४:४६

१८ कार्तिक, काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएका छन् ।

‘गएरातिको भूकम्प आफैंमा परकम्प हो,’ केन्द्रका एक भूकम्पविद्ले भने, ‘अरु साना कैयौं परकम्पहरु गएका छन् । ४ रेक्टरभन्दा माथिका तीनवटा परकम्प मापन भएको छ ।’

उनका अनुसार जाजरकोटको रामिडाँडा आसपास केन्द्रविन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १० देखि १२ किलोमिटर मुनि भूकम्पको केन्द्र रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?