+
+

जाजरकोट भूकम्पप्रति दु:ख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने- सहयोग गर्न तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते ९:१९

१८ कात्तिक, काठमाडौं । जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् ।

उनले भारत नेपाली जनताको दु:खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १२८ बढीको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?