+
+

अध्यक्ष तिमिल्सिनाले भूकम्प राहत कोषमा एक महिनाको तलब दिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १७:४८

१८ कात्तिक, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो एक महिनाको तलब भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने भएका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सो भूकम्पका पीडितहरुको राहत तथा उद्धारका लागि सरकारले बनाएको कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक् महिनाको तलब जम्मा गर्ने उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सिनाले प्राकृतिक विपत्तिको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरुको उद्दार र पीडितका लागि राहत, उद्धार र पुनर्स्थापनामा जुट्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?