+
+

इन्जिनियर अभिनेत्री सुरक्षा पन्त भन्छिन्- भूकम्प प्रतिरोधी संरचना बनाउन लागिपरौं

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १८:३२

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त पेशाले इन्जिनियर पनि हुन् । विभिन्न संस्थामार्फत उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रोजेक्टमा समेत आबद्ध छिन् । जाजरकोट भूकम्पपछि पन्तले सामाजिक संजालमार्फत उद्दार र राहतमा जुट्न तथा सूचना सम्प्रेषणमा संवेदनशिल बन्न आग्रह गरेकी छन् ।

एमबीबीएस प्रवेश परीक्षा दिन लामबद्ध विद्यार्थीसहित इन्जिनियरलाई उनको आग्रह छ- नेपालमा भूकम्प प्रतिरोधी संरचना बनाउनुको विकल्प छैन । लागिपरौं ।’

२०७२ सालको गोरखा भूकम्पमा समेत सुरक्षाले भूकम्प प्रतिरोधी भवन बनाउनुपर्नेमा जोड दिएकी थिइन् । उनी लेख्छिन्- महत्वपूर्व मानिदै आएका यी दुई विधाका जनशक्ति, अझ इन्जिनियर साथीलाई मैले विशेष रुपमा आह्वान गर्न चाहेँ : नेपालमा भुकम्प प्रतिरोधी संरचना बनाउनुको विकल्प छैन । लागिपरौं ।’

कर्णाली प्रदेश भौगोलिक रुपमा विकट रहेको बताउँदै उनले आपतकालिन उद्दार र उपचारमा चुनौति रहेको बताएकी छन् । ‘त्यसैले यो विपत्तिको घडीमा उद्दार र राहतको कामलाई प्रभावकारी बनाउन सरकारी एवं मानवीय तवरबाट थप बल लगाउन आग्रह गर्न चाहन्छु’ उनको आग्रह छ ।

यसवर्ष सुरक्षाको अभिनय रहेको फिल्म ‘बुलाकी’ रिलिज भएको थियो जुन फिल्ममा उनले कर्णालीकी महिला पात्रको भूमिका निर्वाह गरेकी छन् । यो फिल्मले चलचित्र विकास बोर्डबाट विशेष फिल्मको पुरस्कार पनि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?