+
+

नेपाल विद्यार्थी संघले रक्तदानको कार्यक्रम सञ्चालन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते २०:२७

१८ कात्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघ भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल राहत उपलब्ध गराउन केन्द्रीय सदस्यबाट एक हजारको दरले ७ लाख ११ हजार उपलब्ध गराउने भएको छ ।

शनिबार संघको बैठकले निर्णय गर्दै नेपालगञ्ज, बाँके, जाजरकोट, रुकुम, सुर्खेत, काठमाडौं लगायतका अस्पतालमा रक्तदान सञ्चालन गर्ने भएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा डा. नरेश भट्टको संयोजकमा पाँच स्वास्थ्यकर्मी खटाएको संघले जनाएको छ ।

यस्तै, संघबाट निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई स्ववियूको राहतकोषबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुका लागि राहत उपलब्ध गराउने पहल गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?