+
+

जाजरकोटलाई आधार मानेर एकीकृत कार्ययोजनामार्फत पुन:निर्माण थालिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १२:२१

१९ कात्तिक, काठमाडौं । सरकारले जाजरकोटलाई भूकम्पको आधार मानेर पुन:निर्माण कार्य अघि बढाउने भएको छ ।

आइतबार बिहान बसको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एकीकृत कार्ययोजना बनाइ पुननिर्माणको काम अघि बढाउने निर्णय गरेको हो ।

सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रहेकी रेखा शर्माले सरकारले पुन:निर्माणको काम एक वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाउने बताइन् ।

‘पुन:निर्माणको काम एकीकृत कार्ययोजना बनाइ अघि बढाउने निर्णय भएको छ । प्रभावित क्षेत्रको जिविकाको सुरक्षा र पशुधनको सुरक्षाको पनि व्यवस्था गर्ने निर्णय भएको छ’, सञ्चारमन्त्री शर्माले भनिन्, ‘सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुन:निर्माण कार्य अघि बढाउने छ ।’

उनले पुन:निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक संरचना बनाइने र ती सबै एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने बताइन् ।

साथै, सरकारले आवाशको क्षतिको अवस्था हेरी अस्थायी व्यवस्थापनका लागि टहराको निर्माण गर्ने निर्णय समेत भएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?