+
+

‘महाजात्रा’को छायांकन सेटबाट बाहिरियो विपिन कार्कीको लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १३:१५

काठमाडौं । षट्कोण आर्ट्सको आगामी फिल्म ‘महाजात्रा’को छायांकन सेटबाट विपिन कार्कीको क्यारेक्टर लुक्स बाहिरिएको छ । सार्वजनिक भिडियोमा कार्की दरबारमार्गको सडक पार गर्ने क्रममा छन् । रातो स्वीटर, कालो चस्मा र हातमा ब्रिफकेस समाएर उनी हतारमा हिंडेको देखिएको छ ।

छायांकन सुरु भएको दुई दिनमै दर्शकले विपिनको यो प्रतीक्षित ‘जात्रा’ अवतारलाई हेर्ने मौका पाएका हुन् । टिकटकमा अहिले ‘महाजात्रा’ छायांकनका क्लिप्स छ्याप्छ्याप्ती छन् । ठूला र प्रतीक्षित फिल्मको सुटिङको क्लिप यसरी सामाजिक सञ्जालमा यसअघि पनि सार्वजनिक हुँदै आइरहेका थिए ।

‘महाजात्रा’को विपिन लुक्सले ‘जात्रा’ श्रृंखलाको कथावस्तुबारे केही अनुमान लगाउन सकिन्छ । ‘जात्रैजात्रा’ जहाँ सकियो, त्यही प्लटबाट ‘महाजात्रा’को छायांकन भएको देखिन्छ । बुधबार मात्रै स्वयम्भूको बिजेश्वरीमा अग्नि हवन गर्दै बुढानीलकण्ठदेखि सुरु भएको ‘महाजात्रा’को सुटिङ अहिले काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ ।

प्रदीप भट्टराईको निर्देशनमा बनिरहेको फिल्ममा विपिनसहित रविन्द्र झा, रविन्द्रसिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउत, गौमाया गुरुङ, दिव्यदेव पन्त, सुमन कार्की, राजाराम पौडेल, शिशिर बाङ्देल लगायतको अभिनय छ । म्याक्स दीपेश खत्रीले निर्माण गर्ने यो फिल्मको प्रदर्शन मिति चैत ९ गते तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?